PRABHU BANK

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको असोज ११ गतेखि सेयर कारोबार रोक्का

Aarambha Chautari Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । सिवाइसी नेपाल लघुवित्त र शालिग्राम लघुवित्तसँग मर्जर सम्झौता भएसँगै संस्थाको सेयर कारोबार रोक्का भएको हो । 
कम्पनीको आईतबार असोज ११ गतदेखि सेयर कारोबार रोक्का भएको हो । मर्जर प्रक्रियामा जाने प्रयोजनको लागि संस्थाले आईतबारदेखि बुक क्लोज गरेको हो । मर्जर सम्बन्धि असोज ९ गते शुक्रबार सम्झौता पत्रमा हस्ताक्षत्र गरेका हुन् । 
आरम्भ चौतारी लघुवित्तले बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त र म्याग्दीमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्तसँग शुक्रबार बागलुङ बजारमा मर्जर सम्बन्धिसम्झौता गरेको हो । यससँगै उक्त मर्जर प्रक्रिया सम्पन्न नभएसम्म दोश्रो बजारमा संस्थाको सेयर कारोबार रोक्का हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै