National

ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई सोमबार असोज १२ गते कोरोना संक्रमण पुष्टी भएको हो । उनले आईतबार असोज ११ गते कोरोना परिक्षणको लागि स्वाप दिएका थिए ।
ढकालले सामाजिक सञ्चाल फेसबुकबाट आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् । । हाल स्वास्थ्यमा कुनै पनि समस्या नदेखिएको र होम आइसोलेसनमा बसिरहेको पनि उनले जानकारी दिएका छन् । 
साथै उनले आफुसँग केही दिनयता सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक सजगता अपनाउन अनुरोध पनि गरेका छन् । अध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै