PRABHU BANK

सिभिल लघुवित्त वित्तीय संस्थाद्धारा ११ लाख कित्ता हकप्रद सेयर बाँडफाडँ

Civil Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर बाँडफाडँ गरेको छ । कम्पनीको ११ लाख ३१ हजार १ सय ४० कित्ता सेयर असार १४ गतेसम्म कायम सेयरधनीहरुलाई बाँडफाडँ गरेको हो । कम्पनिले उक्त सेयरको प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको थियो । 
कम्पनीले एक सूचना प्रकाशित गर्दै साउन २५ गतेदेखि भदौ २९ सम्म १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो ।
सोही अवधिभित्र रितपूर्वक आवेदन दिने सेयरधनीहरुलाई असोज १३ गते मंगलबार हकप्रद सेयर बाँडफाडँ गरिएको हो । उक्त सेयरको बिक्री प्रवन्धकमा सेन्चुरी क्यापिटल मार्केटस् लिमिटेडले रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै