National

माछापुच्छ्रे बैंकले गर्यो नयाँ व्यवस्था, भारतबाट रकम पठाउदा अतिरिक्त शुल्क नलाग्ने

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकहरुका लागि नयाँ व्यवस्था गरेको छ । बैंकले ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत नेपालमा पैसा पठाउदा शुल्क नलाग्ने गरी नयाँ व्यवस्था गरेको हो ।
रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरुले भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजमार्फत बिना कुनै अतिरिक्त शुल्क नेपालमा पैसा पठाउन सक्ने व्यवस्था बैंकले गरेको हो । 
चाडपर्वको समयलाई म्ध्यनजर गरि असोज १२ गतेदेखि २ महिनासम्म भारतमा रहेका नेपालीहरुले त्यहाँ स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरि भारतका जुनसुकै स्थानबाट नेपालमा बिना कुनै अतिरिक्त शुल्क पैसा पठाउन सक्ने बैंकले नजाएको छ ।
यसरी पठाएको रकम नेपालमा रहेका माछापुच्छ्रे बैंकका जुनसुकै शाखा कार्यलय र शाखारहित बैंकिङ्ग सेवा लगायत देशभर रहेका १० हजार भन्दा बढि रेमिट्यान्स एजेन्टमार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ । 
बैंकले देशभरी १ सय ६० वटा शाखा कार्यलय र १ सय ३३ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्नो ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै