PRABHU BANK

महालक्ष्मी लाइफ इन्स्योरेन्सले जरिवाना शुल्कमा छुट दिने

Mahalaxmi Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुलाई जरिवाना शुल्कमा छुट दिने भएको छ । कम्पनीले असोज मसान्तसम्म ग्राहकको प्रिमियम भुक्तानी विलम्ब भएबापत लाग्ने जरिवाना शुल्कमा शतप्रतिशत छुट दिने भएको हो ।
कोरोनाको कारण आवागमन र आर्थिक मारमा परेर समयमा पोलिसीको नविकरण बीमा शुल्क तिर्न नसकेका बीमितहरुलाई मध्यनजर गर्दै कम्पनीले उक्त छुटको घोषणा गरेको हो ।
समयमा तिर्नु पर्ने नविकरण बीमाशुल्क नतिरेको कारण लाग्ने बिलम्ब शुल्क असोज १५ गतेदेखि ३० गतेभित्र नविकरण बीमाशुल्क भुक्तान गर्नुपर्नेछ । उक्त बीमाशुल्क भुक्तान गरेमा २०७६ चैत ११ गतेदेखिको बिलम्ब शुल्क पूर्ण रुपमा छुट दिने निर्णय गरेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतले बताएका छन् ।
यस अवधिमा नवीकरण बीमाशुल्क भुक्तानी गरी आ-आफ्नो बीमालेख सक्रिय गराई यस अवसरको फाइदा लिन कम्पनीले सबै बीमितहरुलाई आग्रह गरेको छ । यसका साथै बीमितहरुले आफुलाई पायक पर्ने समयमा घरबाटै इ-सेवामार्फत नै बीमाशुल्क भुक्तानी गर्न सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै