National

आइएमई जनरल इन्स्योरेन्स र हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरीबीच सम्झौता

IME General Insurance
  • बैंकिङ संसार
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी(ह्याम्स हस्पिटलबीच सम्झौता भएको छ । 
आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरीका तर्फबाट कार्यकारी निर्देशक डा.जोतिन्द्र शर्माले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
अब आइएमई जनरल इन्स्योरेन्सबाट औषधी उपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमा लेखको सीमासम्म ह्याम्स हस्पिटलबाट नगदरहित हस्पिटलाईजेसन सुविधा प्राप्त गर्न सकिने भएको छ ।
सोही अवसरमा श्रेष्ठले ह्याम्स हस्पिटलले आफ्ना ग्राहकलाई आइएमई जनरल इन्स्योरेन्ससँग आईजीआई औषधी उपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगदरहित हस्पिटलाईजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेका छन् । 
साथै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यलाई औषधी उपचारलगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन उनले आग्रहसमेत गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै