- बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंक २१औं वर्षमा प्रवेश गरेको छ । बैंकले २०औं वार्षिकोत्सव मनाउँदै गर्दा ग्राहकलाई स्तरीय डिजिटल सेवा प्रदान गर्न बैंकले आफूलाई स्मार्ट बैंकको रुपमा पनि अगाडी बढाएको छ ।
बैंकले ग्राहकको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै स्थापनाकाल देखि नै समयानुकुल परिस्कृत र परिमार्जित सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
बैंकले २०औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहक लक्षित विभिन्न नयाँ ६ वटा स्मार्ट सेवाहरु र योजनाहरु एकैसाथ संचालनमा ल्याएको छ । बैंकले ग्राहकहरुलाई लक्षित गरी विभिन्न २०-२० अफरहरु संचालनमा ल्याएको हो ।
बैंकले नेपालमानै पहिलो पटक व्ही च्याट वालेटको भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुले क्युआर कोड स्क्यान गरी आफ्नो खाताबाट नगद निकाल्न सक्ने गरी एमबिएल स्मार्ट काउन्टरको पनि सुरुवात गरेको छ ।
बैंकले आफ्नो नयाँ स्मार्ट वेवसाईटको पनि सुरुवात गरेको छ । ग्राहकले स्मार्ट वेवसाईटमार्फत बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाईन आवेदन दिन सक्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।
बैंकले दरबारमार्ग र लाजिम्पाटमा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विशेष काउन्टर पनि संचालनमा ल्याउने जानकारी गराएको छ । यस्तै आफ्नो वार्षिकोत्सवको पूर्व-सन्ध्यामा ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिकामा आफ्नो १६०औं शाखा कार्यालयसमेत संचालनमा ल्याएको बैंकले जनाएको छ ।
स्थापनाको २१ वर्षमा आईपुग्दासम्म बैंकले देशभरी १ र ६० वटा शाखा, १ सय ३३ शाखारहित बैंकिङ सेवा, १ सय ९९ वटा एटीएम र ५ वटा एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।