National

प्रभु बैंक लिमिटेडले गर्यो खल्ती डिजिटल वालेटसाग सम्झौता, ग्राहकहरुलाई डिजिटल भुक्तानी सुविधा प्रदान गर्ने

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंक लिमिटेडले खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सुविधा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको हो ।
प्रभु बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत रश्मि पन्त र खल्ती डिजिटल वालेटका तर्फबाट निर्देशक अमित अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
अब बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ् र इन्टरनेट बैंकिङ सेवाको उपयोग गरेर आफ्नो खल्ती वालेटमा नगद लोड गर्न सक्ने भएका छन् । खल्तीमा लोड गरिएको रकमबाट यसको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।
यस सहकार्यले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुराउने अपेक्षा प्रभु बैंक र खल्ती डिजिटल वालेटले गरेका छन् । 
सम्झोता अनुसार बैंकले स्प्यारो पेलाई भर्चुअल मेसिन उपलब्ध गराउने भएको छ । जसबाट बैंकको अनलाइन वा अफलाइन बैंकिङ माध्यमबाट खल्तीमा रकम-लोड गर्न सकिनेछ । 
स्प्यारोलले बैंकका विभिन्न माध्यमहरू बैंक खाता लिंक गर्ने, ई-बैंकिङ, मोबाइल बैंकिङ, बैंक स्मार्ट, बैंकिङ चेकआउट आदानप्रदानका लागि लोड खल्ती सेवा उपलब्ध गराउने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै