PRABHU BANK

सानिमा बैंकको ‘दशैं धमाका’ योजना सार्वजनिक, दराजबाट सामान खरिद गर्दा विशेष छुटको व्यवस्था

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंकको ‘दशैं धमाका’ योजना सार्वजनिक भएको छ । बैंकले नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको हो । 
अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुने भएको छ । यो योजना भने यही असोज १९ गतेदेखि कात्तिक २ गतेसम्मका लागि मात्रा लागू हुने बैंकले जनाएको छ ।
उक्त योजना अन्तर्गत सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकत्तम २ हजार ५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने भएका छन् ।
यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ व्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई First Come First Serve को आधारमा छुट प्रदान गरिने भएको छ ।
बैंकले हाल देशभरी ८३ वटा शाखा, ८१ वटा एटिएम र १५ विस्तारित काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । थप जानकारीको लागि https://www.sanimabank.com/products/cards/discount-outlets मा लगइन गर्न सकिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै