काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुससम्ममा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५.७ प्रतिशतले बढेको हो ।
पुससम्ममा निक्षेप ४ खर्ब १७ अर्ब ४८ करोड रूपैयाँले बढेको हो। राष्ट्र बैंकको तथ्यांकअनुसार ५.७ प्रतिशतले बढेसँगै बैंक तथा वित्तीय संस्थाको निक्षेप ७६ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.७ प्रतिशत (रु.२३९ अर्ब ६ करोड) ले बढेको थियो।
त्यस्तै, वार्षिक विन्दुगत आधारमा २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा नि रहेको निक्षेप १४.८ प्रतिशतले बढेकोछ २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमश: ६.९प्रतिशत, ४१.३ प्रतिशत र ४२.८ प्रतिशत रहेको छ।

