PRABHU BANK

एनएमबि बैंकले गर्यो होटेल भिवान्तासँग सम्झौता, ग्राहकहरुले १५ प्रतिशतसम्म छुट पाउने

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंकले होटेल भिवान्तासँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई होटलको सेवामा छु्ट उपलब्ध गराउने सम्बन्धी सम्झौता गरेको हो । अब बैंकका ग्राहकहरुले होटेल भिवान्तामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । 
एनएमबि बैंकका तर्फबाट प्रमुख-रिटेल बैंकिङ रोशन रेग्मी र होटेल भिवान्ताका तर्फबाट सहायक बिक्री प्रबन्धक इन्दिना राईले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 
बैंकका ग्राहकले होटेल भिवान्ताको प्राँगणमा रहेको मिन्ट र आकृति रेस्टुरेन्टबाट खाना र पेय पदार्थहरूको खरिदमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै