PRABHU BANK

युनाइटेड इन्स्योरेन्सका सेयरधनीहरुले आर्थिक वर्ष २०७५/७६ को लाभांश नपाउने

United Insurance
  • बैंकिङ संसार
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडका सेयरधनीहरुले लाभांश नपाउने भएका छन् । कम्पनीको आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीहरुले लाभांश नपाउने भएको हो । कम्पनीले असोज २७ गते मंगलबार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
साथै बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिम एनएफआरएस बमोजिमको वित्तीय विवरणहरू पारित गरि स्वीकृतिको लागि बीमा समितिमा पेश गरिएको पनि कम्पनीले जनाएको छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७४/७४ को नाफाबाट पनि आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गरेको थिएन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै