PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी

Rastriya Banijya Bank
  • बैंकिङ संसार 
रामेछाप । राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको रामेछापमा रहेको शाखामा कार्यरत १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमित कर्मचारीलाई हाल आईसोलेसनमा राखिएको छ । यस्तै बिरामी कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ भने बैंकका अन्य कर्मचारीहरुलाई भने होम क्वारेन्टाइनमा राखिएको छ । 
बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसंगै बैंकको उक्त शाखा कार्यालय बन्द गरिएको छ । संक्रमित कर्मचारीको स्वास्थ्यस्थिति अवस्था सामान्य रहेको छ । पछिल्लो समय बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण हुने क्रम एकदमै बढीरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै