नेपाल बैंकमा हदैसम्म मनपरी, आफूभन्दा जुनियरलाई डीसिइओ बनाएपछि विश्वराज बरालले छोडे नेपाल बैंक !

काठमाडौँ। नेपाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत (एसिइओ) विश्वराज बरालले राजीनामा दिएका छन् । आफूभन्दा जुनियरलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसिइओ) मा नियुक्त गरेको भन्दै विश्वराज बरालले राजीनामा दिएको बुझिएको छ।

बैंकको सञ्चालक समितिले डीसिइओमा होमबहादुर खड्कालाई नियुक्त गरेको छ।

विश्वराज बरालले  पद तथा प्रतिष्ठामा अन्याय भएको महसुस गर्दै राजीनामा दिएको उल्लेख गरेका छन्। उनले माघ ४ गते राजीनामा पत्र बुझाएका थिए।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्