PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा नयाँ व्याजदर सार्वजनिक, कहिलेदेखि हुन्छ लागू ?

Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले कार्तिक १ गतेदेखि लागू हुनेगरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले मुद्दती निक्षेपमा भने व्यक्तिगततर्फ ३ महिनादेखि ६ महिनासम्मको लागि ५ प्रतिशत व्याजदर तोकेको छ । यस्तै ६ महिनादेखि २ वर्षसम्मको लागि ६.७५ प्रतिशत व्याजदर कायम गरिएको छ ।
यसैगरी १ वर्षदेखि २ वर्षसम्मको लागि भने ७.७५ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । बैंकले २ वर्षदेखि ५ वर्षसम्मका लागि भने८.२५ प्रतिशत व्याजदर तोकेको छ । 
यस्तै ५ वर्ष भन्दा माथिका लागि ९ प्रतिशत व्याजदर कायर गरिएको छ । यसैगरी बैंकले संस्थागततर्फ भने ५.५० प्रतिशतदेखि ६.५० प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ ।

यस्तो छ बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै