PRABHU BANK

मिसन डेभलपमेण्ट बैंकका सेयरधनीहरुले मर्जरपछि सिटिजन्स बैंकको ९६ कित्ता सेयर पाउने

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । यस विषयमा दुई बैंकबीच सम्झौता पनि भइसकेको छ ।
समझदारी भएपछि सिटिजन्स बैंकको तर्फबाट जारी प्रेस विज्ञप्तीमा सेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदनद्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने उल्लेख गरिएको छ । तर उक्त समझदारीमा हस्ताक्षर हुनु पूर्व नै स्वाप रेसियोबारे सामूहिक रूपमा अलिखित सहमति भएको छ ।
स्रोतकाअनुसार स्वाप रेसियो १००ः९६ रूपैयाँ गर्ने सहमति भएको छ । सिटिजन्स बैंकको सेयर प्रतिकित्ता मूल्य १०० रूपैयाँ हुने र तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९६ रूपैयाँ हुने सहमति भएको हो ।
मिसन डेभलपमेन्ट बैंक प्राप्तिपछि सिटिजन्स बैंकका सेयरधनीको सेयर संख्यामा कुनै परिवर्तन हुने छैन भने मिसन डेभलपमेन्ट बैंकका सेयरधनीले १०० कित्ता बराबर सिटिजन्स बैंकको ९६ कित्ता सेयर पाउने भएका छन् ।
तिनाउ मिसन डेभलपमेण्ट बैंकको चुक्ता पूँजी १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । स्वाप रेसियो १००ः९६ हुँदा सिटिजन्स बैंकको सेयर पुँजीमा १ अर्ब ७३ करोड ७६ लाख रूपैयाँ थपिनेछ । हालको सिटिजन्स बैंकको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेकोमा मिसन प्राप्तिपछि बैंकको पुँजी करिव १० अर्ब ८१ करोड रुपैयाँ हुनेछ ।
मर्जबाट बैंकको प्रिमियममा ८ करोड रूपैयाँ थपिनेछ । यो रकम आगामी आर्थिक सेयरधनीलाई बोनस सेयरको रूपमा वितरण गर्न पाउने राष्ट बैंकको नियम रहेको छ ।
सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब १५ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव ९८ अर्ब रुपैयाँ हुनेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा १ सय ६४ हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै