National

मेगा बैंक लिमिटेडको नयाँ सेवा सार्वजनिक, ग्राहकलाई सेवा दिनको लागि बैंक आफैले सम्पर्क गर्ने

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक लिमिटेडले नयाँ सेवा सार्वजनिक गरेको छ । बैंकले ‘टीक बैंकिङ’ नामक नयाँ सेवा सार्वजनिक गरेको हो । यस सेवाअन्तर्गत ग्राहकले आफूले लिन चाहेको सेवा बारे जानकारी दिनासाथ मेगा बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गर्ने बैंकले जनाएको छ । इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुका लागि ‘टीक बैंकिङ’ सेवा सहज र प्रभावकारी हुने विश्वास बैंकले लिएको छ । 
बैंककाअनुसार यो सेवा लिन सबैभन्दा पहिला ग्राहकहरुले मेगा बैंकको बेबसाइट खोल्नु पर्नेछ । जसको बायाँतर्फ सबैभन्दा अगाडि टीक बैंकिङ उल्लेखित एउटा ट्याबमा आउँछ । यस ट्याबमा क्लिक गरेपछि जुन सेवा लिन चाहेको हो त्यो छान्नुपर्छ । 
त्यसपछि त्यहाँ मेगा बैंकका बचत, कर्जा, मुद्दती र डिजिटलका विभिन्न सेवा/सुविधाहरु भेटिनेछ । ग्राहकले त्यसमा टीक लगाउना साथै आफ्नो नाम, इमेल, मोबाइल नम्बर र सेवा लिन चाहेको शाखा कार्यालयको विवरण भर्नु पर्नेछ । त्यो विवरण भर्नासाथ मेगा बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गरी सेवा प्रारम्भ गर्दछ ।
इन्टरनेटको पहुँच बढिरहेको वर्तमान अवस्थामा ग्राहकहरुकै चाहना बमोजिम टीक बैंकिङ सेवा ल्याएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताएकी छिन् । यो सेवा बैंकिङ क्षेत्रमा नयाँ आयाम बन्नेछ । ग्राहकहरुको समय बचत हुनुका साथै इच्छाअनुसारको सेवा तत्कालै लिन पाइने व्यवस्था रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै