PRABHU BANK

नेपाल बैंक लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय वित्तिय विवरण सार्वजनिक

Nepal Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंक लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले पहिलो त्रैमासमा ५५ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 
बैंकले सार्वजनिक गरेको अपरिस्कृत त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत आर्थिक वर्षको सोही अवधीको तुलनामा ३ करोड १४ लाख रुपैयाँले कम हो ।
बैंकले पहिलो त्रैमासमा वितरण योग्य नाफा भने १९ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै ११ अर्व २८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्व ६९ करोड रुपैयाँ रहेको छ ।
बैंकले १ खर्व ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्व ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । १ अर्व ४८ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकको प्रति सेयर आम्दानी १९.५१ रुपैयाँ रहेको छ । 
बैंकको आधार व्याजदर ६.८१ प्रतिशत रहेको छ भने स्प्रेड दर ४.३८ प्रतिशत रहेको छ । यस्तै बैंकको सीडी रेसियो ६६.५४ प्रतिशत र कष्ट अफ फण्ड ३.९७ प्रतिशत रहेको छ । बैंकले खराब कर्जा भने २.७५ प्रतिशतबाट बढेर ३.०२ प्रतिशत पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै