PRABHU BANK

सानिमा जनरल इन्स्योरेन्सको सेयर सूचीकरण अन्तिम चरणमा

Sanima General Insurance
  • बैंकिङ संसार
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको सेयर सूचीकरण अन्तिम चरणमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले इन्स्योरेन्सको सेयर सूचीकरण अन्तिम चरणमा पुगेको जनाएको हो ।
सूचीकरण शाखाका अनुसार इन्स्योरेन्सको सेयर केहि दिनमै सूचीकृत भएर यहि साता देखिनै कारोबारमा आउने भएको छ ।
इन्स्योरेन्सको सेयर सेयरधनीहरुको डिम्याट खातामासमेत आइसकेको छ । कम्पनीको सेयर जीआइसीको नामबाट सेयरधनीहरुको डिम्याट खातामा आएको हो ।
कम्पनीले असोज २१ गतेदेखि २५ गतेसम्म १ सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीले निष्कासन गरेको कुल सेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि बिक्री खुला गरिएको थियो । 
यस्तै १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरिएको थियो ।
सर्वाधारणलाई निष्कासन गरेको कम्पनीको सेयर २ लाख ७३ हजार जना आवेदकले सेयर निष्कासन तथा बाँडफाँड नियमावली अनुसार गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै