National

आईसीएफसी फाइनान्स र खल्ती वालेटबीच सम्झौता, डिजिटल भुक्तानी सेवा प्रदान गर्ने उद्देश्य

ICFC Finance
  • बैंकिङ संसार
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेड र खल्ती वालेटबीच सम्झौता भएको छ । कम्पनीले ईन्टरनेट र मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ हो । 
आईसीएफसी फाइनान्सका तर्फबाट मानव संसाधन तथा सामान्य सेवा विभाग प्रमुख संजय थपलिया र खल्ती वालेटका तर्फबाट निर्देशक अमित अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
खल्तीसँगको उक्त सम्झौतापछि आईसीएफसी फाइनान्सका ग्राहकहरूले फाइनान्सको खाता डाइरेक्ट खल्तीसँग लिंक गर्न सकिने भएको छ । खातामा रहेको रकमबाट खल्तीको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयोग गर्न सकिने भएको छ । यस सम्झौताले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुर्‍याउने अपेक्षा फाइनान्सले गरेको छ । 
आईसीएफसी फाइनान्सले खल्ती डिजिटल वालेटलाई भर्चुअल मेसिन अपरेटिङ प्रणाली पनि प्रदान गर्ने भएको छ । यसको माध्यमबाट ग्राहकहरूले अनलाइन र अफलाइनबाट खल्तीमा रकम लोड गर्न सक्ने भएका छन् । 
फाइनान्सका ग्राहकहरुले बैंक वाइन्डिङ, ई-बैंकिङ, मोबाइल बैंकिङ, बैंक स्मार्ट, बैंकिङ चेकआउट जस्ता विभिन्न माध्यमहरूमार्फत खल्तीमा रकम लोड गर्न सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै