- बैंकिङ संसार
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तिय विवरण प्रकाशन गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तिय विवरण प्रकाशन गरेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५४ करोड ५७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ६५ लाख रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ९७ प्रतिशतले बढी हो ।
त्यस्तै कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५२ करोड ५३ लाख खुद बीमा शुल्क आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २६ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । जुन गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९८ प्रतिशतले बढी हो ।
१ अर्ब ५४ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको जगेडा कोषमा ४६ करोड ५ लाख रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा २ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यस्तै महाविपत्ती कोषमा ५ करोड ११ लाख रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको यस कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीले ४२ लाख ८६ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । त्यसैगरी अभिकर्ता कमिशन बापत ९ करोड ६३ लाख र व्यवस्थापन खर्च बापत ५ करोड २३ लाख खर्च गरेको कम्पनीले जनाएको छ । कम्पनीको प्रति सेयर आम्दानी १८ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १ सय ३३ रुपैयाँ २३ पैसा रहेको छ ।