PRABHU BANK

एनएमबि बैंकको ‘एनएमबि सापटी’ कर्जा सेवा सुरु, २४ सै घण्टा मोबाइलबाटै ऋण पाइने

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंकले ‘एनएमबि सापटी’ कर्जा सेवा सुरु गरेको छ । बैंकले एनएमबि सापटी एक आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा सुरू गरेको हो । जसले कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने बताएको छ । 
यो ‘नेपालमै पहिलो पटक’ २४ सै घण्टा र ७ सै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा सुविधा हो । उक्त सेवा बैंकसम्म नधाईकनै मोबाईलको प्रयोगबाट नै प्राप्त गर्न सकिने भएको छ । एनएमबि सापटी ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिको लागी प्रदान गरिने एक छोटो अवधिको धितो विनाको व्यक्तिगत कर्जा हो ।
एनएमबिमा तलव खाता भएका तलवि कर्मचारीहरुलाई १ लाख रुपैयाँसम्म तुरुन्त कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ । ग्राहकहरुले आफ्नो सहज र सुविधाको आधारमा कर्जा रकम र कर्जा चुक्ता अवधि छनौट गर्न सक्ने भएका छन् ।
एनएमबि सापटी डिजिटल बैंकिङमा बैंकको प्रगतिलाई रेखांकित गर्ने मार्गचित्रको एक अभिन्न अंग हो । जसले ग्राहकहरूलाई वित्तीय सेवाहरु सहजै प्रदान गर्नुको साथै ब्रान्डसँगको अनुभव अभिबृद्धि गर्नेछ । 
शून्य म्यानुअल हस्तक्षेपका साथ सम्पूर्ण कर्जाको सुरुदेखि अन्त्यसम्मको प्रक्रियाले ग्राहकहरूलाई कर्जा प्राप्त गर्न कुनैपनि समय, जुनसुकै स्थानबाट सजिलो मात्र नबनाई कागजविहीन कार्य वातावरण प्रति बैंकको प्रतिबद्धतालाई समेत टेवा पुर्याउने विश्वास बैंकले लिएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै