National

ज्योति विकास बैंकले संस्थापक सेयर सर्वसाधरण सेयरमा परिणत गर्ने

Jyoti Bikash Bank
  • बैंकिङ संसार
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधरण सेयरमा परिणत गर्ने भएको छ । बैंकले हाल रहेको संस्थापक सेयर समुहको ५४.३५ प्रतिशत सेयरमध्ये ३.३५ प्रतिशत सेयरलाई सर्वसाधारणमा परिणत गर्ने भएको हो ।
उक्त प्रयोजनको लागि बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गरेको छ । समितिले नेपाल राष्ट्र बैंकको स्वीकृत लगायत सो सम्बन्धमा गर्नुपर्ने अन्य आवश्यक प्रक्रिया अगाडी बढाउन प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो । बैंकको सञ्चालक समितिको ३७४औं बैठक कार्तिक १७ गते बसेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै