PRABHU BANK

बैंक अफ काठमाण्डूले गर्यो लाभांश घोषणा, सेयरधनीहरुले १६ प्रतिशत लाभांश पाउने

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७६/७७ को खुद नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने भएको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकले अघिल्लो आर्थिक वर्षमा ६ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश गरी १७ प्रतिशत लाभांश वितरण गरेको थियो । जुन गत आर्थिक वर्षको तुलनामा यस वर्षको लाभांश कम हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै