PRABHU BANK

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन

Aarambha Chautari Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय विवरण प्रकाशित गरेको छ । लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको हो । 
लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन अघिल्लो वर्षको तुलनामा यस वर्षको नाफा ६ लाख रुपैयाँले बढी हो । यस्तै लघुवित्तको चुक्ता पूँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ करोड २७ लाख ९७ हजार रुपैयाँ रहेको छ ।
यस अवधिमा खुद व्याज आम्दानी ५ करोड ६३ लाख २० हजार रुपैयाँ गरेको लघुवित्तले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ करोड ४ लाख ८१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद व्याज आम्दानी ५७ प्रतिशत बढी हो ।
अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ करोड ९४ लाख ४२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको यस लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड ३ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको सञ्चालन नाफा ५ प्रतिशतले बढी हो ।
९७ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले १ अर्व ७० करोड ३५ लाख रुपैयाँ सापटीबाट २ अर्व ९३ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५३ करोड १० लाख रुपैयाँ निक्षेप लगानी गरेको थियो । यस्तै ९४ करोड ८ लाख रुपैयाँ सापटीबाट १ अर्व ६५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।
वार्षिक प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ३१ रुपैयाँ ४२ पैसा रहेको छ । यस्तै मूल्य आम्दानी अनुपात ३७.४५ गुणा कायम भएको छ । समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.६० प्रतिशतबाट बढेर १.९१ प्रतिशत पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै