National

नेपाल बैंकले गर्यो साँगाचोकगढी नगरपालिकासँग सम्झौता, सहुलियतपूर्ण कर्जा प्रदान गरिने

Nepal Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंकले साँगाचोकगढी नगरपालिकासँग सम्झौता गरेको छ । बैंकले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकासँग सम्झौता गरेको हो । बैंक र साँगाचोकगढी नगरपालिकाबीच २ प्रतिशत व्याजदरमा उपलब्ध हुने ‘सहुलियतपूर्ण कर्जा’का लागि सम्झौता भएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नगरपालिका नगर प्रमुख अमानसिं तामाङ, उपप्रमुख जानुका पराजुली, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पाण्डे, नेबैली वाग्मती प्रदेश प्रमुख सुन्दर पन्थी, नेबैली सिन्धुपाल्चोक शाखा प्रबन्धक समीककुमार दाहाल लगायतको उपस्थितमा कर्जा सम्झौता गरेको जनाएको छ ।
नगरपालिकाले कोरोना भाइरसका कारण आफ्नो रोजगारी गुमाएका, विदेशबाट फर्किएका, कृषि तथा लघुउद्यमको क्षेत्रमा स्वदेशमै व्यवसाय गर्ने योजना बनाएका युवालाई लक्षित गरी ‘स्वरोजगार तथा उद्यम प्रवद्र्धन कार्यविधि, २०७७’ बनाएर सहुलियतपूर्ण ऋण उपलब्ध गर्न लागेको हो ।
सम्झौता पछि कृषि, पशुपालन, घरेलु उद्योग तथा अन्य नयाँ व्यवसाय सञ्चालन गर्न चाहने नगरवासी प्रत्यक्ष लाभान्वित हुने विश्वास नगरपालिकाले लिएको छ । नगरपालिकाले युवा स्वरोजगार प्रवद्र्धनका लागि विनियोजन गरेको १ करोड रुपैयाँ र बैंकले थप १ करोड रुपैयाँ गरी यस वर्ष २ करोड रुपैयाँ ऋण प्रवाह गर्ने भएको छ । यस्तै ऋण लिन चाहने नगरवासीले २ प्रतिशत व्याजदरमा ५ लाख रुपैयाँसम्म बैंकको नियमानुसार बिनाधितो ऋण लिन पनि सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै