National

एनएमबि बैंकले गर्यो ५२ लाख रुपैयाँ भन्दा बढीको बीमा दावी भुक्तानी

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । बैंकले ५२ लाख रुपैयाँ भन्दा बढीको बीमा दावी भुक्तानी गरेको हो । बैंकले विभिन्न खाताहरुमा दुर्घटना र गम्भिर रोगहरु विरुद्ध प्रदान गरिने बीमा दावी भुक्तानी अन्तर्गत उक्त रकम भुक्तानी गरेको हो ।
बैंकले तलब खाता अन्तर्गत हालसम्म जम्मा ७ लाख ४१ हजार ७ सय २२ रुपैयाँ दावी भुक्तानी गरेको छ । यस्तै सहारा बचत खाता अन्तर्गत ४५ लाख २२ हजार ३ सय ७१ बीमा दावी भुक्तानी गरेको छ ।
बैंकले तलब खाताहरुको योजनामा शुन्य मौज्दातमै नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएमको साथै १० लाखसम्मको दुर्घटना बीमा प्रदान गर्दै आइरहेको छ । यसैगरी सहारा खाता योजनामा नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम, १० लाखसम्मको दुर्घटना बीमाको साथै १८ घातक रोगहरुमा स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।
बैंकको इन्स्योरेन्स पार्टनरहरुमा एनएलजी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, रिलाईन्स लाइफ इन्स्योरेन्स, सागरमाथा इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै