PRABHU BANK

सिभिल बैंकको पहिलो त्रैमासमा खुद नाफा घट्यो, अन्य सूचकको अवस्था कस्तो ?

Civil Bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा खुद नाफा घटेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ३.१८ प्रतिशतले कम हो । बैंकले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा १५ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा बैंकको वितरण योग्य नाफा १२ करोड ९९ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने सञ्चालन नाफा ३८.८२ प्रतिशतले घटेर १३ करोड ८२ लाख रुपैयाँमा र खुद व्याज आम्दानी घटेर ४९ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ । बैंकको प्रतिसेयर आम्दानी घटेर १.२१ रुपैयाँमा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १२९.४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३३.९९ गुणा रहेको छ ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्व ३३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ६६ करोड रुपैयाँ सञ्चित छ । समिक्षा अवधिमा बैंकले ६९ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ९२ करोड ७८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै