शिक्षामन्त्री पुनले गरे राष्ट्र बैंकका गभर्नर पौडेलको प्रशंसा, शिक्षामन्त्री भन्छन्- ‘धेरै धेरै धन्यवाद गभर्नर विश्व भाई’

काठमाडौँ। शिक्षामन्त्री महावीर पुनले गभर्नर डा. विश्वनाथ पौडेलको प्रशंसा गरेका छन् ।

शिक्षामन्त्री पुनले सामाजिक संजालमार्फ  गभर्नर  पौडेलका कार्यहरु र उनका अभिव्यक्तिहरुको  प्रशंसा गरेका हुन् ।

उनले भने, ‘मैले पहिलो पटक सुनेको अचम्मको कुरा-मेरो गएको १५ वर्षको जीवनकालमा नेपालको अर्थशास्त्रीहरुमध्यबाट पहिलो पटक आविष्कार भन्ने शब्द डा. विश्व पौडेलको (नेपाल राष्ट्र बैकको बर्तमान गर्भनर) मुख बाट सुनें। अहिले सम्मका सबै अर्थशास्त्रीहरुको यत्तिको ज्ञान आएको भए नेपालको अर्थतन्त्र पक्कै पनि निकै माथि पुगी सक्थ्यो । धेरै धेरै धन्यवाद गभर्नर विश्व भाई। गभर्नरज्यू संग तिसौं बर्ष अगाडी देखि नजिक बाट चिनजान छ।’

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्