National

बैंक अफ काठमाण्डूले पायो ऋणपत्र निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डद्धारा अनुमति

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डद्धारा अनुमति पाएको छ । बैंकले १ अर्व ६० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । 
बैंकले १० वर्ष अवधिको ‘बीओके ऋणपत्र-२०८६’ ऋणपत्र जारी गर्न लागेको हो । बैंकले १ हजार रुपैयाँ दरमा १६ लाख इकाई ऋणपत्र बिक्री गर्ने भएको छ । यसमध्ये ६ लाख ४० हजार इकाई सर्वसाधारणका लागि बिक्रि खुल्ला हुने भएको छ भने ९ लाख ६० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।
बैंकले उक्त ऋणपत्रमा लगानी गर्ने लगानीकर्तालाई वार्षिक १०.२५ प्रतिशत व्याजदर प्रदान गर्ने भएको छ । उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट एन्ड बैकिङ लिमिटेड रहेको छ । बीओकेले १ अर्व ६० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न रेटिङ गराइसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै