- बैंकिङ संसार
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सञ्चालक बिवेक बिजुक्छेले पदबाट राजिनामा दिएका छन् । गत भदौं महिनामा सञ्चालकमा चयन भएका बिजुक्छेले घरायसी कारण देखाउँदै राजिनामा दिएका हुन् ।
कार्तिक २० गते बिहिबार राजिनामा दिएका बिजुक्छेको राजिनामा सञ्चालक समितिबाट स्वीकृत भएको छ । मंसिर ७ गते आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बिजुक्छेको राजिनामा स्वीकृत गरेको हो ।