PRABHU BANK

बैंक अफ काठमाण्डूद्धारा १६ लाख कित्ता ऋणपत्र निष्कासन हुने

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले मंसिर २४ गते देखि १६ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको हो । जसमध्ये कम्पनीले ६ लाख ४० हजार सर्वसाधारणको लागि र बाँकी रहेको ९ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने भएको छ । लगानीकर्ताहरुले छिटोमा मंसिर २८ गते र ढिलोमा पुस ८ गतेसम्म आवेदन दिन सक्ने भएका छन् ।
न्युनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन मिल्ने कम्पनीले जनाएको छ । कम्पनीले निष्कासन गर्ने ऋणपत्र १० वर्षसम्मको लागि वार्षिक ८ दशमलव ५ प्रतिशत व्याजदर भएको उल्लेख गरेको छ । आवेदकले सि-आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । 
कम्पनीले निष्कासन गर्ने ऋणपत्रलाई इक्रा नेपालले मध्यम जोखिम जनाउने इक्राएनपी बिबिबि प्लस रेटिङ प्रदान गरेको छ । यस्तै व्यक्तिगत तबरबाट विक्री गर्ने हकमा विक्री प्रबन्धकले बैंकसँगको सहमतिमा खरीदकर्ताहरु खोजी गरी आपसि सहमतीमा वितरण गर्ने बैंकले जनाएको छ । निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै