PRABHU BANK

एनएमबि बैंकले दियो ऋणपत्र निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डलाई निवेदन

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डलाई निवेदन दिएको छ । बैंकले २ अर्व बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो ।
बैंकले मंगलवार ७ वर्षे अवधिको वार्षिक ८ प्रतिशत व्याजदर रहेको एनएमबि ऋणपत्र २०८४/८५ निष्कासनको लागि बोर्डसँग अनुमति मागेको हो । उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
कुल २० लाख कित्तामध्ये ८ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणमा बिक्री गर्ने भएको छ । यस्तै बाँकी १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न बैंक तथा वित्तीय संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै