PRABHU BANK

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोलायो वार्षिक साधारणसभा, यस्ता छन् पारित हुने विषयहरु

Swadeshi Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आगामी माघ ४ गते आइतबार बिहान ९ बजे आफ्नो ६औं वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीको उक्त वार्षिक साधारणसभा भने सुनसरीको होटल पाथिभराको सभाहलमा हुने भएको छ । 
उक्त सभाले स्वदेशी लघुवित्त र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था एकआपसमा मर्जमा जाने विशेष प्रस्तावलाई पारित गर्ने भएको छ । यस्तै मर्जरको लागि संस्थाको सम्पत्ति दायित्व र कारोबारको मूल्याङ्कन प्रतिवेदन (डीडीए रिपोर्ट) तथा सोको आधारणमा निर्धारण गरेको सेयर आदान प्रदान अनुपात (सेयर स्वाप रेसियो) मा छलफल गरी सभाले पारित गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै