PRABHU BANK

नेपाल बङ्गलादेश बैंकले गर्यो फ्रेन्डशिप फाउन्डेसन नेपाललाई आर्थिक सहयोग, सुरेन्द्र भूषण श्रेष्ठद्धारा रकम हस्तान्तरण

Nepal Bangladesh Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले गर्यो फ्रेन्डशिप फाउन्डेसन नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले फ्रेन्डशिप फाउन्डेसन नेपाललाई ३ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुस १७ गते काठमाडौं महानगरपालिका वडा नं ३, पानीपोखरीस्थित फ्रेन्डशिप फाउन्डेसन नेपाललाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
सो रकम फ्रेन्डशिप फाउन्डेसन नेपालले शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालय भवन निर्माणका लागि प्रयोग गर्ने भएको छ । गोरखा केराबारी १ मा निर्माण हुन गईरहेको सो पुस्तकालयले स्थानीय विद्यार्थी लगायत बासिन्दाहरुलाई सहज रुपमा विभिन्न किसिमका पुस्तकहरु उपलब्ध गराउने भएको छ । बैंकको प्रमुख कार्यालय कमलादी काठमाडौंमा भएको कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहद्धारा फ्रेन्डशिप फाउन्डेसन नेपालका अध्यक्ष प्रकाश बाबु पौडेललाई रकम हस्तान्तरण गरेका हुन् । 
साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी पनि गराएको छ । बैंकले आफ्नो संस्थागत नारा नै ‘हामी सबैको बैंक भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवन स्थरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै