prabhu

राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा नम्रता श्रेष्ठ नियुक्त, बैंकिङ सेवाको बारेमा ग्राहकहरुलाई थप जानकारी दिने

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल वल्र्ड-२०२० नम्रता श्रेष्ठलाई आफ्नो ब्राण्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । बैंकले श्रेष्ठलाइ शुक्रबार पुस २४ गते एक कार्यक्रममार्फत ब्राण्ड एम्बासडरको रुपमा नियुक्त गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लिबिच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरेका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ सेवाको बारेमा ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवर्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा नम्रता श्रेष्ठलाई नियुक्ती गरिएको बताए ।
सो कार्यक्रममा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठले आफु सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुसी लागेको बताएकी छिन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन ईश्वर उप्रेतीले गरेका थिए ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै