PRABHU BANK

प्रभु बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा सम्पन्न, सञ्चालकमा ६ जना चयन

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंक लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको १९औं वार्षिक साधारणसभा पुस २६ गते आईतबार सम्पन्न भएको हो । बैंकको उक्त साधारणसभाले सञ्चालकमा ६ जना चयन गरेको छ । साधारणसभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्न ६ जनालाई निर्वाचित गरेको हो । जसमध्ये संस्थापक सेयरधनीको समूहबाट ३ जना र सर्वसाधारण सेयरधनीको समूहबाट ३ जना रहेका छन् ।
संस्थापक सेयरधनीको समूहबाट रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा र रामेश्वार सापकोटा रहेका छन् । त्यस्तै सर्वसाधारण सेयरधनीको समूहबाट ऋषिराम गौतम, अन्जु अधिकारी र प्रमोद घिमिरे बैंकको सञ्चालकमा निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक अन्जु अधिकारी नेपाल होल्डिङ्ग प्रा.लि.को प्रतिनिधी हुन् । यस्तैगरी प्रमोद घिमिरे भने पाँच पोखरी एग्रिकल्चर प्रा.लिका प्रतिनिधी हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै