PRABHU BANK

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने माघ ८ गते अन्तिम दिन

Infinity Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि माघ ९ गते बुक क्लोज गरेसँगै बिहीवारसम्म सेयर कायम गर्नुपर्ने भएको हो । कम्पनीले माघ २४ गते केन्द्रिय कार्यालय गैडाकोटमा बिहान ११ बजे साधारण सभा आयोजना गरेको छ । 
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभामा अन्य कुनै वित्तीय संस्थासँग गाभ्न/गाभिन परेमा त्यस सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै