PRABHU BANK

सनराइज बैंकद्धारा थप ३ नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा, सबै क्षेत्रमा बैंकिङ पहुँच पुर्याउने उद्देश्य

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडले नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले उदयपुर र ओखलढुंगा जिल्लामा नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । उक्त शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ६६ पुगेको छ । बैंकले शुक्रबार त्रियुगा नगरपालिका-४ बगाहा उदयपुरमा १ वटा शाखारहित बैंकिङ सेवा र शनिबार सिद्धिचरण नगरपालिका -४ रुम्जाटार ओखलढुंगा र मानेभञ्ज्याङ्ग गाउँपालिका-४ केत्तुके ओखलढुंगामा २ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।
बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुच पुर्याउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै