PRABHU BANK

गरिमा विकास बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बढ्यो खुद नाफा, अन्य सूचकको अवस्था कस्तो ?

Garima Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको खुद नाफा बढेको छ । बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आईपुग्दा २०.९० प्रतिशतले खुद नाफा बढेको हो । बैंकले आर्थिक वर्ष २०७७/०७८ को दोस्रो त्रैमासम ३९ करोड ३५ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्षको सोहि अवधिमा बैंकले खुद नाफा ३२ करोड ५५ लाख ३५ हजार रुपैयाँ गरेको थियो ।
गरिमाको खुद व्याज आम्दानी ४.५२ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा २०.९१ प्रतिशतले बढेको छ । बैंकले पुस मसान्तसम्ममा ५३ अर्व ५ करोड १८ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्व १६ करोड ४२ लाख २५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यसैगरी रिजर्भ कोषमा ८३ करोड ३९ लाख ९५ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ३१ पैसा छ भने प्रति सेयर नेटवर्थ १४८ रुपैयाँ ७ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै