PRABHU BANK

सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको बिहिबार बसेको छैठौं विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । तिनाउ मिसन डेभलपमेण्ट बैंकको १०० कित्ता सेशेयरलाई सिटिजन्स बैंक इन्टरनेसनलको ९६ कित्ता सेयर (१ः०.९६) दिने गरी सेयर मूल्य अनुपात कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त तिनाउ मिसन डेभलपमेण्ट बैंकको बुटवलमा प्रधान कार्यालय बुटवलमा छ । बैंकको माघ १५ गते सम्पन्न वार्षिक साधारणसभाले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई सिटिजन्स बैंकले प्राप्ति गर्न स्वीकृति प्रदान गरिसकेको छ । दुवै बैंकको विशेष वार्षिक साधारणसभाले स्वीकृती दिएसँगै सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्नका लागि बाटो खुलेको हो । एक महिनाभित्रमा तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंकका अध्यक्ष राजन सिंह भण्डारीले जानकारी दिदैं डिजिटल प्लाटफर्ममा उल्लेखनीय सहभागिताका लागी सेयरधनीहरुलाई बैंक संचालक समिति सम्पूर्ण सदस्यहरुको तर्फबाट आभार प्रकट गरे ।
माघ १४ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १२६ अर्व रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १०४ अर्व रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल १६३ शाखा हुने भएको छ । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्व ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्व ६६ करोड रुपैयाँ हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै