PRABHU BANK

महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड यसै साता हुने

Mahila Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको बाँडफाँड यसै साता हुने भएको छ । बुधबारसम्म प्रि-अलोटमेण्ट गरेर शुक्रबारसम्म बाँडफाँड गर्ने तयारी रहेको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको स्रोतले जानकारी दिएको छ ।
हाल संस्थाको आइपीओको डाटा भेरिभाईको काम भइरहेको छ । भेरिभाईको काम सकिए लगत्तै प्रि-अलोटमेण्ट गरिने भएको छ । कम्पनीले माघ ३० गते शुक्रबारदेखि फागुन ५ गते बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता आइपिओ निष्कासन गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै