PRABHU BANK

कुमारी बैंकको क्यूआर कोड ग्वार्को फलफूल तथा तरकारी बजारमा, चिरीबाबु महर्जनद्धारा उद्घाटन

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेडले फलफूल तथा तरकारी बजारमा क्यूआर कोड सेवा संचालनमा ल्याएको छ । बैंकले ललितपुरस्थित ग्वार्को फलफूल तथा तरकारी बजारमा क्यूआर कोड सेवा संचालनमा ल्याएको हो । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त सेवाको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी अधिकारी, तरकारी बजार व्यवस्थापन समितिका अधिकारीहरुको उपस्थितिमा तरकारी तथा फलफूल बजारका व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यासरेस बैंकिङलाई कसरी अगाडि लैजाने भन्ने सन्दर्भमा बिहीबार क्यूआर कोड वितरण गरिएको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै