PRABHU BANK

मातृभूमि लघुवित्तका अध्यक्ष र सीइओविरुद्ध राष्ट्र बैंकमा उजुरी, कर्जा लिँदा कमिसन खाएको आरोप !

काठमाडौँ । मातृभूमि लघुवित्त वित्तीय संस्थाका अध्यक्ष र सीइओविरुद्ध राष्ट्र बैंकमा उजुरी परेको छ । बैंकबाट कर्जा लिँदा कमिसन खाएको र आफ्नो पदको दुरुपयोग गरेको भन्दै मातृभूमि लघुवित्त वित्तीय संस्थाका अध्यक्ष लोकराज शर्मा र प्रमुख कार्यकारी अधिकृत (सीइओ) लक्ष्मी प्रसाद शर्माविरुद्ध राष्ट्र बैंकमा उजुरी परेको हो ।

उनीहरुले गत असोज मसान्तमा एनआईसी एसिया बैंकबाट ९. ०६ प्रतिशत ब्याजदरमा एक अर्ब कर्जा लिएको र तुरुन्तै १४ दिन भित्रमा उक्त कर्जा मध्ये पचास करोड साँवा र ब्याज तथा सेवा शुल्क गरी १७ लाख फिर्ता गरेको कारण प्रस्ट नभएकाले आवश्यक कारबाहीको माग गर्दै राष्ट्र बैंकमा उजुरी परेको छ ।

उजुरीमा भनिएको छ, ‘संस्थालाई भार बोकाउने कार्य संचालक समितिका अध्यक्षको मौखिक निर्देशनमा भएको हुँदा सो रकम संस्थालाई भार नबनाई निज अध्यक्ष लोकराज शर्मा र कार्यकारी प्रमुख लक्ष्मी प्रसाद शर्मा ९शर्मा दाजुभाई० बाट असुली गराई दुबै जनालाई नियमानुसार कारबाही हुनुपर्छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

commercial bank
laghubitta