PRABHU BANK

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक लिलामी सेयरमा मंगलबारदेखि आवेदन दिन सकिने

First Microfinance Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले चैत ३ गते मंगलबारदेखि संस्थापक समूहको २५ हजार कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य २ सय ७५ रुपैयाँमा यो सेयर बिक्री खुला गरेको हो । लगानीकर्ताले यसलाई न्यूनतम आधार मूल्य मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने भएको छ ।
कम्पनीको सेयरमा वैशाख ६ गते सम्म आवेदन दिन सक्ने भएका छन् । कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले यसमा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने भएका छन् । बोलपत्र वैशाख ७ गते बिहान १० बजे मुक्तिनाथ कमलादी काठमाडौंमा खोलिने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै