PRABHU BANK

गरिमा विकास बैंकको नाफामा ब्यापक बढोत्तरी, प्रतिसेयर नेटवर्थ १६२.०७ रुपैयाँ कायम !

काठमाडौँ । गरिमा विकास बैंकको नाफामा ब्यापक बढोत्तरी देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले धेरै हो । गत वर्ष यस बैंकले २० करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

असोजसम्ममा गरिमा विकास बैंकको खुद ब्याज आम्दानी ११.०८ प्रतिशत र सञ्चालन नाफा १२.०१ प्रतिशतले बढेको छ । उक्त बैंकको इम्पेयरमेन्ट चार्ज ३५ करोडबाट बढेर ३७ करोड रुपैयाँ पुगेको छ ।

यता, बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७१ पैसाले बढेर १५ रुपैयाँ ९० पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १६२.०७ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै