PRABHU BANK

वाणिज्य बैंकहरुको नाफा बढ्यो, सबैभन्दा धेरै नाफा बढ्नेमा सिद्धार्थ बैंक !

काठमाडौँ । वाणिज्य बैंकहरुको नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरूको नाफा २१.६४ प्रतिशतले बढेको हो ।

यस अबधीमा १२ वटा बैंकको नाफा बढेको छ भने ८ वटा बैंकको नाफा घटेको छ  ।

नाफा घट्नेमा माछापुच्छ्रे बैंक, सानिमा बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक, एनआइसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

यता, नाफा बढ्नेमा ग्लोबल आइएमई बैंक, नेपाल बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक, प्राइम बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक र नबिल बैंक रहेका छन् ।

यस अबधीमा सिद्धार्थ बैंकको नाफा सबैभन्दा धेरै ७९१.४३ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । नबिल बैंकले २ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै