PRABHU BANK

ग्लोबल आईएमई बैंकद्धारा ८१ हजार ५ सय कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुल्ला

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आईएमई बैंकले संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुल्ला गरेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको फर्ष्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक समूहको ८१ हजार ५०० कित्ता सेयर लिलामीमा बिक्री खुल्ला गरेको हो । इन्स्योरेन्सले उक्त सेयर प्रतिकित्ता न्युनतम ३ सय रुपैयाँ तोकेर बढाबढ मूल्यमा बिक्री गर्न लागेको हो ।
यससँगै उक्त सेयर खरिद गर्न योग्य इच्छुक संस्थापक वा अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्ने भएका छन् । आवेदकहरुले आगामी २०७८ वैशाख २६ गते बैंकिङ समयभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्ने भएको छ । बोलपत्र आवेदन फाराम काठमाडौंको नक्सालस्थित ग्लोबल आईएमई क्यापिटलमा पाइनेछ र सोहि स्थानमा बुझाउन सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै