prabhu

साउनको ब्याज आम्दानी गत वर्षकै नाफामा गणना गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले यसपालि साउनमा गणना गर्ने ब्याज आम्दानीलाई गत आर्थिक वर्षको वित्तीय विवरणमा गणना गर्नुपर्ने भएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई साउनमा गणना गर्ने ब्याज आम्दानी पनि गत आर्थिक वर्षको वित्तीय विवरणमा गणना गर्न निर्देशन दिएको हो ।

मौद्रिक नीतिमा गरेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरूले २०८१ साउन मसान्तभित्र गर्ने ब्याज आम्दानीलाई गत वर्षको नाफामा गणना पाउने भनेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले लेखा नीति बमोजिम अघिल्लो आर्थिक वर्षमा लेखांकन गरिएको ब्याज आम्दानीमध्येबाट २०८१ साउन मसान्तभित्रको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानीको आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्ने राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ ।

उक्त निर्देशन अनुसार नेपाल फाइनान्सियल रिर्पोटिङ प्रणाली लागू नभएका लघुवित्तले पनि साउन मसान्तभित्र गरेको ब्याज आम्दानीलाई गत वर्षको नाफामा गणना गर्न पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

commercial bank
Banking