PRABHU BANK

बाग्लुङमा एकैदिन प्रभु बैंकको ४ वटा शाखा विस्तार

काठमाडाैं । प्रभु बैंक लिमिटेडले एकैदिन बाग्लुङमा ४ वटा शाखा विस्तार गरेकाे छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बाग्लुङको ढोरपाटन नगरपालिका-७, बोवाङ, निसीखोला गाउपालिका-५, निसी, वडिगाड गाउँपालिका-२, खरबाङ र वडिगाड गाउँपालिका-७, भिमगिठे बाग्लुङमा ४ वटा शाखा बिस्तार गरेर बैंकिङ सेवा सञ्चालनमा ल्याएको हाे ।

उक्त शाखाहरुको समुद्घाटन बैंकका संस्थापक अध्यक्ष देवी प्रकाश भट्टचनले गरेका हुन् । प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ । प्रभु बैंकको यस अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैैंकले वनाएकाे छ ।

बैंकको बोवाङ शाखा, निसी शाखा, भिमगिठे शाखा र खरबाङ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले आधुिनक बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंककाे विश्वास छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै